शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एसपीपीबारे माधवको प्रतिक्रिया -'निदाएको बेला वा ह्विस्की खुवाएर फसाउन सक्छन्'

शुक्रबार, ०३ असार २०७९, १८ : ०२
शुक्रबार, ०३ असार २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को वास्तविकता बाहिर ल्याउनुपर्ने बताएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज  बैठकमा नेपालले सार्वजनिक भएको एसपीपी संझौतामा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको भन्दै यसबारे सेनाले थप प्रष्ट पार्नुपर्ने बताए । कुन प्रधानमन्त्रीको पालामा कुन रक्षामन्त्रीको पालामा यो संझौता अगाडि बढाइएको हो ? यो सबै प्रष्ट पार्नुपर्छ । जनतालाई गुमराहमा राख्नु हुँदैन नेपालले भने । 

नेपाली सेना कुनै सैनिक गठबन्धनमा सम्लग्न हुन नहुने नेपालको भनाइ छ । कुनै पनि देशको दवावलाई स्वीकार गर्न नसकिने भन्दै नेपालले मिठो तरिकाले कुटनीतिमा फसाउन विदेशीले जे पनि गर्न सक्ने बताए । 'मिठो कुरा गरेर ह्विस्की खुवाएर फसाउन सक्छन् । जिम्मेबार व्यक्ति सचेत हुनुपर्छ', नेपालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप