बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘नालापानी’ तिहारमा रिलिज हुने

शुक्रबार, ०३ असार २०७९, १२ : २५
शुक्रबार, ०३ असार २०७९

फिल्म ‘नालापानी’ अगामी तिहारमा प्रदर्शनमा आउने भएको छ । निर्देशक रिमेश अधिकारीले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म ४ कार्तिकमा रिलिज हुने जानकारी दिए । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ अवार्ड पाउन सफल फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले देखाएको साहसिक कदमको बिषयमा बनेको हो । 

फिल्ममा नेपालीको वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएको निर्देशक अधिकारीले बताए । फिल्मको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्य हुन् । देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय बिस्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, सरिता राजोपाध्याय, लक्ष्मीनाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता विष्टलगायतको अभिनय फिल्ममा देख्न सकिन्छ । फिल्ममा विदेशी कलाकार एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र साम लगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा.लि., वीर गोर्खाली फिल्मस् प्रा.लि., गंगानारायण फिल्म प्रोडक्सन प्रा.लि. र बिजी बी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण ‘नालापानी’ मा भिएफएक्सका दृश्य भरपुर प्रयोग गरिएको छ । छायाङ्कन रामशरण उप्रेती, विपिन मल्लको सम्पादन, रोशन श्रेष्ठको द्धन्द्ध रहेको फिल्मका एशोसियट निर्माता सपनकुमार थापा, सह निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप