बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तको गीत ‘रुँदा रुँदै’ मा एकल महिलाको पीडा

शुक्रबार, ०३ असार २०७९, १६ : ४५
शुक्रबार, ०३ असार २०७९

एकल महिलाको कथा सशक्त रुपमा उठाइएको गीत ‘रुँदा रुँदै’ सार्वजनिक भएको छ । गायक भक्त प्रधानको स्वरमा रहेको गीतको भिडियोमा सुरवीर पण्डित, रश्मी भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौला लगायतको अभिनय छ । भिडियोले दलित र बाहुन समुदायको प्रेम र एकल महिलाको पीडा देखाएको छ । 

भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुन् । एकल महिलाले पनि आफ्नो इच्छाअनुसार आफ्नो दोस्रो जिन्दगी सुरु गर्न पाउनु पर्छ भन्ने सन्देश भिडियो निर्देशक कोइरालाले बताए ।  ‘महिलाको विषयमा काम गर्ने विभिन्न संघ–संस्था छन् । ती सबै शहर केन्द्रित बढी देखिन्छ’ निर्देशक कोइरालाले भने– ‘एकल महिलाको विषयमा काम गर्ने संस्था पनि दुर्गम पुग्न सकेको छैन ।’ भिडियोले महिलाको बिषयमा काम गर्ने संस्थालाई झकझक्याउने र गाउँमा पुर्याउन मद्दत गर्ने कोइरालाको धारणा रहेको छ । 

भिडियोले एकल महिलाले चाहेको व्यक्तिसँग जिन्दगी काट्न समाज किन बाधक बन्छ  ? भन्ने प्रश्न समेत उठाएको छ ।  नितेश राईको शब्द तथा संगीत रहेको गीतको एरेन्ज राजु कार्कीले गरेका हुन् ।  दीपक गिरीको छायाङ्कन, सिलन लम्सालको सम्पादन रहेको भिडियो विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टको निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप