शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लामो समयसम्म टिक्ने ब्याट्री व्याकअप र दुई गुणा बढी सेक्युरिटी अपडेटको साथ नोकिया जी २१

शुक्रबार, ०३ असार २०७९, २२ : ०२
शुक्रबार, ०३ असार २०७९

नोकिया फोनको उत्पादक तथा वितरक HMD​ ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । सर्वाधिक टिक्ने ब्याट्रीको लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड स्मार्टफोनमा पनि तिन दिन सम्म टिक्ने ब्याट्री लाईफ रहेको छ । सुपर ब्याट्री सेभर  मोडको सुविधा भएका यी फोनहरु सेक्योरिटी अपडेटहरू सहित सुपथ मुल्यमा उपलब्ध रहेका छन् ।

एशिया प्यासिफिक र चाइनाको लागि एचएमडी ग्लोबलका भाइस प्रेसिडेन्ट रवि कुँवरले भने,”मिड रेन्ज सेग्मेन्टमा नोकिया फोनहरु जहिले पनि सबैको रोजाइमा पर्न सफल भएका छन् । प्रिमियम स्लीक नाँर्डिक डिजाइनमा आउने यी फोनहरुको ब्याट्री पनि धेरै टिक्ने भएकैले आफ्नो सबै कामहरु आराम साथ गर्न सकिन्छ । बनावट मात्र बलियो नभै यसको ओयस्  र सेक्युरिटी पनि उत्तिकै भरपर्दो रहेको छ । ओयस् मा २ वर्ष र सेक्युरिटी अपडेटमा ३ वर्ष सम्म गर्न मिल्ने हुनाले धेरै पछि सम्म पनि नयाँ फोन चलाएको आभास हुन्छ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप