शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सम्राटको सहर

शनिबार, ०४ असार २०७९, १२ : १३
शनिबार, ०४ असार २०७९

सम्राटको सहरमा
सरदारहरु नाचिरहेका 
भारदारहरु हाँसिरहेका
तर
कामदारहरु रोइरहेका हुन्छन् ।

सम्राटको सहरमा
मसानहरु उम्किरहेका
मकानहरु चम्किरहेका
तर
किसानहरु सुकिरहेका हुन्छन् ।

सम्राटको सहरमा
पहिचानहरु मेटिरहेका
स्वाभिमानहरु ढलिरहेका
तर
अभिमानहरु उठिरहेका हुन्छन् ।
धनगढी, कैलाली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप