चलचित्र ‘झिंगेदाउ’को प्रदर्शन मितिमा हेरफेर
चलचित्र ‘झिंगेदाउ’ अब भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । भीमनिधि तिवारीको कथामा आधारित फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो । यसअघि निर्माण टिमले भदौ ३१ गतेका लागि प्रदर्शन मिति तय गरेको थियो । उक्त मितिमा गते अर्को पनि नेपाली चलचित्र ‘बाबरी’ प्रदर्शनमा आउने तयारीमा रहेको र हलवालाहरूको समेत आग्रह अनुसार चलचित्रलाई भदौ १७ मा तानिएको फिल्मका निर्देशक ज्ञानेन्द्र देवाजेल बताए ।
कपनगढी सिनेमासँगको सहकार्यमा फिल्म क्रु नेपालले निर्माणमा बनेको चलचित्रमा केकी अधिकारी र आँचल शर्माका साथमा मुकुन भुषाल र कुशल विष्ट शीर्ष भूमिकामा रहेका छन् । चलचित्रमा सिनेम्याटोग्राफर विष्णु कल्पितको छायाङ्कन रहेको यो चलचित्रमा कल्पितको लगानीसमेत रहेको छ ।
देउजाको निर्देशन रहेको चलचित्र ‘झिंगेदाउ’मा पटकथा तथा संवाद भने प्रदीप भारद्वाजको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान