प्रेरक भनाइ : उत्साहमा असीमित शक्ति छिपेको हुन्छ
१, जीवनमा धैर्यभन्दा ठूलो शक्ति अर्को छैन, हुँदैन । यदि मनमा धैर्य छ भने जस्तोसुकै काम गर्न पनि गाह्रो पर्दैन तर धैर्य छैन भने केही पनि गर्न सकिन्न । हरेक इच्छा समुद्रका तरङ्ग जस्तै उठ्दै बिलाउँदै गर्छन् । बेन्जामिन फ्र्याङ्कलिन
२, सन्तोष नै ठूलो सम्पत्ति हो । जसले सन्तुष्ट हुन सिकेको छ वा जानेको छ त्योभन्दा धनी अर्को हुँदैन, भलै उसको साथमा सम्पत्ति नहोस् । असन्तुष्ट व्यक्तिका लागि त संसारभरीकै सम्पत्तिले पनि केही गर्न सक्दैन । सुकरात
३, शत्रुताले शत्रुलाई पराजित गर्न सकिन्न । यदि उसलाई पराजित गर्ने हो भने प्रेमको बाटोमा जानैपर्छ । गौतम बुद्ध
४, जो व्यक्ति जुन बाटोमा लागेको छ उसको समापन पनि त्यहीँ हुन पुगिरहेको हुन्छ । प्रकृतिको नियम नै यस्तो छ कि जो जहाँबाट उठेको छ त्यहीँ लड्ने गर्छ । वेदव्यास
५, प्रायः मानिस त्यसबारे बढी जान्न उत्सुक हुन्छ, जसमा उसको लिनुदिनु केही हुँदैन । अरूले गरेको काममा यो भएन, त्यो भएन भन्न त सजिलै हुन्छ तर के भएन भन्न भने गाह्रो पर्छ । जर्ज बनार्ड शा
६, मूर्ति पूजा गर्नु नराम्रो होइन गर्दा हुन्छ तर पूजाको आन्तरिक महत्वलाई भने बिर्सनुहुँदैन । अन्यथा देखावटीमा सीमित हुन पुगिरहेको हुन्छ । सत्यसाई बाबा
७, आफूले आफैँलाई नखोज्नु भनेको अरूले देखाएको बाटोमा हिँड्नु हो, जसले आफैँलाई चिनेका हुँदैनन् । यदि संसारलाई आफू अनुकुल बनाउने हो भने आफ्नो बाटो आफैँले खोज्नुपर्छ, बनाउनुपर्छ । ओशो
८, भोलि गर्छु भनेको काम आजै गर्नुपर्छ । आज गर्छु भनेको काम अहिले नै गर्नुपर्छ । के थाहा त्यस्तो भोलि र भरे आउँछ कि आउन्न पनि । त्यसैले जसमा भोलि भन्ने वानी छ ठाने हुन्छ ऊ केही पनि गर्न चाहिरहेको छैन । अल्बर्ट आइन्स्टाइन
९, प्रेम विनाको जीवन सूर्यको अनुपस्थितिमा मुर्झाएको फूलको बोट जस्तै हो, जो सदा खोक्रो र निरस देखिन्छ । ओस्कर वाइल्ड
१०, उत्साहमा असीमित शक्ति हुन्छ । त्यसैले यस्ता व्यक्तिका लागि कुनै पनि कुरा असम्भव हुँदैन । सन्त तुलसीदास
११, शब्द र अन्न दुवै ब्रह्म हुन्, यिनको दुरुपयोग गर्नुहुँदैन । अन्यथा घोर विपत्ति निम्तिन सक्छ । उपनिषद् दर्शन
स्रोत- विभिन्न पत्रपत्रिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं पक्राउको विरोधमा अदालत परिसरमा नाराबाजी (तस्बिरहरु)
-
लोक सेवाको ठहर : बढुवा हुन कर्मचारी दुर्गममा जान्छन्‚ बढुवा भएपछि भागिहाल्छन्
-
घाँटी पड्काउने मसाज गर्दा थाई गायिकाको मृत्यु
-
चालु खाता १ खर्ब ४३ अर्बले बचतमा
-
विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि, १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
धरौटी बुझाउनासाथ फेरि पक्राउ परे दुर्गा प्रसाईं