शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तौल कम गर्न रिभर्स डाइटिङ फाइदाजनक : के हो, कसरी गर्ने ?

आइतबार, ०५ असार २०७९, १२ : ५३
आइतबार, ०५ असार २०७९

हामी सबै फिट हुन चाहन्छौँ, शरीरलाई सुगठित पनि बनाउन चाहन्छौँ । यसका लागि तौल नियन्त्रणमा राख्नु अति आवश्यक छ । शरीरको तौल नियन्त्रणमा राख्न वा मोटोपना कम गर्न मानिसहरु विभिन्न किसिमका व्यायाम र खानपानको अनुशासन पालना गर्छन् । यसले केही समयको लागि निकै राम्रो नतिजा पनि देखिन्छ तर केही समयपछि नतिजा आउन बन्द हुन्छ वा प्रगति रोकिन्छ । यस्तो अवस्थामा तपाईंले कम क्यालोरी खाए पनि तौल घट्दैन । त्यसैले यस्ता समस्यासँग जुध्नका लागि मानिसहरू ‘रिभर्स डाइटिङ’को सहारा लिन्छन् । रिभर्स डाइटिङ आजकल धेरै चलनमा छ । तर धेरैलाई यसबारे निकै कम जानकारी छ । रिभर्स डाइटिङ भनेको के हो र यसले तौल नियन्त्रणमा कसरी फाइदा गर्छ ? यसबारे जानकारी पाउनका लागि ओन्ली माई हेल्थले भारतकी गरिमा गोयलसँग कुराकानी गरेको छ । गरिमा  क्लिनिकल पोषण विशेषज्ञ हुन् ।  

रिभर्स डाइटिङ भनेको के हो  र यो तौल नियन्त्रणमा कसरी फाइदाजनक छ भन्ने बारे जानकारी लिऔँ ।

रिभर्स डाइटिङ के हो ?

आहारविद् गरिमाका अनुसार रिभर्स डाइट तौल घटाउने प्लेट्यूलाई रिभर्स वा उल्ट्याउने उपाय हो । रिभर्स डाइटिङ तौल घटाउनमा प्लेट्यु तोड्नका लागि गरिन्छ । यसको अर्थ यो हो कि कि जब कोही व्यक्तिले तौल घटाउने प्रयासमा कम खाना खान्छ वा धेरै समयसम्म कम फ्याटयुक्त आहारको सेवन गरिरहेको छ भने उसको तौल स्थिर हुन्छ र तौल घट्न बन्द हुन्छ । यस्तो किन हुन्छ भने तपाईंको शरीर डेफिसिटमा चलिरहेको हुन्छ जसका कारण शरीरमा कुनै परिणाम देखिँदैन । त्यसैले यो अवस्थाको समाधान भनेको रिभर्स डाइट वा रिभर्स डाइट हो । उदाहरणका लागि, यदि कुनै व्यक्तिलाई पहिले धेरै थोरै खाना दिइन्छ भने उसलाई रिभर्स डाइटिङमा बढी खाना दिइन्छ । जस्तै यदि उसलाई पहिला ८००–९०० क्यालोरी दिइएको थियो भने अब उसलाई १५००–१६०० क्यालोरी खानुपर्ने हुन्छ । यसो गर्दा उसको मेटाबोलिजममा तीब्रता आउँछ । साथै यति लामो समयसम्म  डाइटिङ गरेपछि उसको बनेको प्लेट्युलाई तोड्नु पर्छ । त्यसैले पनि रिभर्स डाइटिङ गर्ने गरिन्छ ।

रिभर्स डाइटिङमा तौल कम कसरी हुन्छ ?

आहारविद् गरिमाका अनुसार रिभर्स डाइटिङले मेटाबोलिज्मलाई गति दिन्छ । जब तपाईंको मेटाबोलिज्मले राम्रोसँग काम गरिरहेको हुन्छ, यसले क्यालोरीहरू छिटो बर्न गर्न मद्दत गर्दछ । यसले शरीरमा जमेको बोसोलाई कम गर्न मद्दत गर्छ । साथै, जब तपाईंंसँग फास्ट र स्ट्रङ्ग मेटाबोलिजम हुन्छ, तपाईं सामान्य शारीरिक गतिविधिमा पनि फ्याट बर्न गर्न सफल हुनुहुनेछ । तपाईंले जति धेरै शारीरिक गतिविधि गर्नुहुन्छ, त्यति नै चाँडो तपाईंको तौल घट्ने गर्छ ।

रिभर्स डाइटिङ कसरी गर्ने ?

रिभर्स डाइटिङ गर्न धेरै सजिलो छ । तर यसका लागि तपाईंले आफ्नो अघिल्लो खानाको ढाँचा बुझ्न आवश्यक छ । यदि तपाईंले आफ्नो अघिल्लो आहारमा क्यालोरीको मात्रा घटाउनु भएको थियो भने तपाईंले अब यसलाई बढाउनमा ध्यान दिनुपर्छ । तर तपाईंले यी सबै एकैपटक भने गर्नुहुँदैन । क्यालोरीको मात्रा बिस्तारै बढाउँदै लैजानुपर्छ ।

यो सबै एकैचोटि गर्नुपर्दैन, तपाईले बिस्तारै क्यालोरीको मात्रा बढाउनुपर्छ । तपाईंले १–२ हप्ता भित्र यसको नतिजाहरू देख्न सक्नुहुन्छ । यद्यपि, तपाईंले निकै छिटो परिणाम भने देख्नु हुनेछैन । तपाईंले ४–५ हप्ताका लागि रिभर्स डाइटिङ गर्नुपर्छ । तर यदि यो समयमा तपाईको तौल बढिरहेको छ भने तपाईंले धेरै नै क्यालोरी खाइरहनुभएको छ । यस्तो अवस्थामा तपाईंले केही क्यालोरी कम गर्न सक्नुहुन्छ । तर क्यालोरीको मात्रा बढाउनका लागि तपाईंले अस्वस्थ खानेकुरा खानु भने हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप