शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक महिनाका लागि सयवटा साङ्लोलाई घरमा बस्न दिनुहोस्, पाउनुहोस् २ लाख ५० हजार

आइतबार, ०५ असार २०७९, १५ : २१
आइतबार, ०५ असार २०७९

उत्तरी क्यारोलिनाको किट नियन्त्रण कम्पनीले घरधनीहरूलाई २००० डलर तिर्ने प्रस्ताव राखेको छ । तर यसका लागि घरधनीले आफ्नो घरमा सयवटा अमेरिकी साङ्लो छोड्न भने सहमत हुनुपर्छ । उक्त कम्पनीले आफ्नो नयाँ प्रविधिको परीक्षणका लागि यस्तो प्रस्ताव राखेको हो ।

यदि तपाईं महाद्वीपीय संयुक्त राज्य अमेरिकामा बस्नुहुन्छ र घरमै बसीबसी साढे दुई लाख कमाउन चाहनुहुन्छ भने  ‘द पेस्ट इन्फर्मर’ वेबसाइटमा जानुहोस् र उनीहरुको चलिरहेको प्रयोगात्मक कार्यक्रमको लागि साइन अप गर्नुहोस् । पेस्ट कन्ट्रोल कम्पनीले वास्तविक जीवनमा  साङ्लो विनाशको नयाँ प्रविधिको परीक्षण गर्न खोजिरहेको छ, त्यसैले उक्त कम्पनीले मानिसको घरमा सयवटा साङ्लो छोड्न चाहन्छ र महिना दिनसम्म यसबारे परीक्षण गर्न चाहन्छ । यसका लागि घर मालिकले लिखित स्वीकृति दिनुपर्नेछ । सम्झौतापश्चात् कम्पनीको प्राविधिक टोलीलले सबै परीक्षणको भिडियो खिच्नेछ ।

तर ३० दिनभित्र कम्पनीले दाबी गरेअनुसार छोडिएको साङ्लो पत्तासाफ भएनन् भने के हुन्छ त ? कम्पनीले पुनः तपाईंलाई २ हजार अमेरिकी डलर (२ लाख ५० हजार रुपैयाँ) भुक्तानी गर्नेछ र तपाईंको घरलाई साङ्लोमुक्त गर्न नयाँ र वास्तविक तरिका अपनाउनेछ ।

‘हामीले हालका लागि ५–७ वटा घरका मालिकसँग कुरा गरेर आफ्नो परीक्षण गर्नेछौँ । सम्झौतापश्चात् उहाँहरुले हामीलाई सयवटा साङ्ला छोड्न, भिडियो खिच्न र साङ्लाबाट मुक्त पार्नका लागि परीक्षण गर्ने अनुमति दिनुहुनेछ,’ द पेस्ट इन्फर्मर ब्लगको हालैको पोस्टमा भनिएको छ ।

कम्पनीका संस्थापक डेभिड फ्लोयडले एनबीसी न्यूजलाई भने, ‘जुन १३ तारिखसम्म द पेस्ट इन्फर्मरले २२ सयभन्दा बढी आवेदन प्राप्त गरिसकेको छ । यद्यपि, आवेदन पृष्ठ जुलाई ३१ तारिखसम्म खुल्ला रहनेछ । तर अन्तिममा केवल ६–७ जनालाई मात्रै चयन गरिनेछ ।’

अडिटी सेन्ट्रल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप