अनेरास्ववियूको विस्तारित बैठक चलाउन प्रहरी परिचालन

नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको विस्तारित बैठक चलाउन प्रहरी परिचालन गरिएको छ। आइतबार काठमाडौंको तीनकुनेमा बस्न लागेको बैठकमा होहल्ला र जुम बैठकबाट चयन गरिएको पदाधिकारी खारेजी र फ्यार्क्सन इन्चार्ज रहेका हितमान शाक्यको राजीनामा माग गर्दै अहिले नाराबाजी भएपछि प्रहरी लगाएर बैठक गर्न खोजिएको हो।
विस्तारित बैठकमा संगठनको विवाद समाधान नगरिएको, विधि अनुसार नचलेको भन्दै बैठकमा होहल्ला भएको छ,’ एक नेताले भने, ‘अहिले प्रहरी बोलाइएको छ र प्रहरीले हल खाली गराइरहेको छ, प्रहरीकै रोहबरमा बैठक गर्ने तयारी छ।’ क्रान्तिकारीको पदाधिकारी चयन प्रक्रियाप्रति असन्तुष्ट संख्या बढेपछि पार्टी अध्यक्ष प्रचण्डले हस्तक्षेप गरेका थिए । उनले असन्तुष्ट पक्ष र अध्यक्ष पञ्चा सिंह पक्षलाई विवाद झिक्ने काम नगर्न निर्देशन दिएपछि दुबै पक्षले तत्काल कुनै कार्यक्रम नगर्ने सहमति गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केएफडब्लूको सहयोगमा थानकोटमा प्रसूति विशेषज्ञ सेवा अस्पताल बन्ने
-
सहमतिको भोलिपल्टै डाक्टर कुटिए, स्वास्थ्यकर्मी फेरि सडकमा, तस्बिरमा हेर्नुहोस्
-
दोलखाको लामाबगरबाट थप ४ किलो सुन बरामद
-
संगीतकार थापाले ल्याए ‘तिमीलाई म कति माया गर्छु’
-
नेपाली स्क्वास खेलाडी विपना एसियाली खेलकुदको प्रिक्वार्टरफाइनलमा
-
साढे २ महिनामै हट्यो पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली !