ज्योति विकास बैंकको ७१ महिनामै पैसा दोब्बर हुने योजना सार्वजनिक
सोमबार, ०६ असार २०७९, १२ : १०

ज्योति विकास बैंकले “ज्योति दुई गुणा डिपोजिट” मुद्धति योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन्।
व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धति खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिन्छ। यो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरूबाट खोल्न सकिने छ। साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि छ।
ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसँगको कारोबारलाई थप दीर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा