शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो दयाहाङ र सौगातको ‘२ नम्बरी’

सोमबार, ०६ असार २०७९, १४ : २७
सोमबार, ०६ असार २०७९

दयाहाङ राई र सौगात मल्लाको मुख्य भूमिका रहेको फिल्म ‘२ नम्बरी’ को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो ।

फष्टलुकमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र वुद्धि तामाङ देखिएका छन् । रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा तयार भएको ‘२ नम्बरी’ दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । 

दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठ निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् । २ साथीको मित्रताको कथामा बनेको फिल्मको लेखन समेत निर्देशक लामाले आफैले गरेका हुन् । 

सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । फिल्म ४ कार्तिकमा रिलिज हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप