शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका साह प्रहरी नियन्त्रणमा

मङ्गलबार, ०७ असार २०७९, ०७ : ११
मङ्गलबार, ०७ असार २०७९

महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्सीबाट गौशालातर्फ आउदै गरेका एकडारा गाउँपालिका ५ का सुशील साह पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई  पक्राउ गरेको हो ।

सम्सी हुँदै गौशालातर्फ पैदल आउदै गरेका साहले बोकेको सुनको बिषयमा थप खुल्न सकेको छैन । साहले उक्त सुन कसरी र कहाँबाट ल्याएका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप