ad
x

मन्तव्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न

person explore access_timeअसार ७, २०७९ chat_bubble_outline0

ललितपुर महानगरपालिका २० वडा युवा समितिको आयोजनामा एक हप्ते मन्तव्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । ललितपुरको ख्वाय्बहीस्थित लोटस रिसर्च सेन्टरमा भएको यस प्रशिक्षणमा करिब २० जना युवाहरुको सहभागिता रहेको थियो ।


लोटस रिसर्च सेन्टरकै हलमा आयोजना समापन समारोह ललितपुर महानगरपालिका २० वडा अध्यक्ष चन्द्रलाल महर्जनको प्रमुख आतिथ्यमा भएको थियो । प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण पश्चात आफ्नो मन्तव्यका क्रममा वडाध्यक्षले भौतिक विकासलाई मात्रै प्राथमिकतामा नराखी वडाबासीको आर्थिक, सामाजिक एवं व्यक्तित्व विकासलाई पनि उत्तिकै ध्यान दिने बताए । यस प्रशिक्षणमा सहभागी सम्पूर्णमा मात्र एक साताको प्रशिक्षणले मन्तव्य तथा उद्घोषण कलामा देखिएको प्रगतिले आफू निकै प्रभावित भएको उनको भनाइ थियो ।



कार्यक्रमका सभापति, नेपाली काँग्रेस २० वडा इकाई समिति सभापति तथा वडा सदस्य शैलेन्द्र शाक्यले प्रशिक्षणबाट प्रशिक्षार्थी तथा आयोजक निकै हौसिएको बताउँदै अबका दिनहरुमा यस्तै प्रशिक्षणको आयोजना बृद्धि हुने बताए । समारोहमा वडा सदस्यहरु गीता महर्जन, इकाई उपसभापति तथा प्रशिक्षण संयोजक रामगोपाल महर्जन, प्रशिक्षक सुरजवीर बज्राचार्यले मन्तव्य राखेका थिए ।

प्रशिक्षण ललितपुर महानगरपालिका २० वडाको आर्थिक सहयोगमा भएको हो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।