शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरबासीलाई खुसी र सुखी बनाउँछौँ : मेयर दाहाल

मङ्गलबार, ०७ असार २०७९, १० : ५७
मङ्गलबार, ०७ असार २०७९

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताएकी छन् । ८ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाइन्स क्लब अफ चितवन आरोग्यले मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । 

मेयर दाहालले अब हुने विकासका गतिविधिमा भरतपुरबासीलाई कसरी खुसी र सुखी बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको बताइन् । खुसी महानगरबासी बनाउन विभिन्न विषयगत विज्ञहरुसँग छुटाछुट्टै छलफल, परामर्श एवम् सुझाव संकलन गर्ने कार्य गरिरहेका छौ, उनले भनिन्,‘भौतिक विकास र मानविय विकासलाई सँगै लैजानुपर्छ भन्ने हाम्रो चाहाना छ । ११ औँ नगरसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रमले यसलाई पुष्टि गर्छ ।’  

भौतिक विकाससँगै मानवीय विकास गर्न नीति तथा कार्यक्रम निर्माण गरेर अगाडि बढेको जानकारी दिइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप