शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राउन राइस वा सेतो चामल ?  तौल घटाउन कुन बढी फाइदाजनक ?

मङ्गलबार, ०७ असार २०७९, १० : ५८
मङ्गलबार, ०७ असार २०७९

भात हाम्रो  दैनिक आहारको एउटा महत्त्वपूर्ण हिस्सा हो । अधिकांश मानिसलाई भातै खान मन पर्छ ।  धेरैले सेतो चामलको भात खान्छन्, कोही भने ब्राउन राइस खान रुचाउँछन् । यी दुई प्रकारको चामलको स्वाद र पौष्टिक तत्व फरक–फरक हुन्छ । यस्तो अवस्थामा प्रायः मानिसको दिमागमा यो प्रश्न उठ्छ कि यी मध्ये कुन चामल बढी फाइदाजनक हो त ? विशेष गरी मोटोपनाले सताएका मानिसहरू तौल घटाउनका लागि ब्राउन राइस राम्रो हो कि साधारण सेता चामल राम्रो भन्ने विषयमा बढी चासो व्यक्त गर्छन् ।

ब्राउन राइसमा पोषक तत्व

ब्राउन राइस फोलेट सहित धेरै भिटामिन र खनिजहरूको राम्रो स्रोत हो । एक कप पकाएको खैरो चामलमा निम्न पोषक तत्वहरू पाइन्छन्

क्यालोरी : २४८

प्रोटिन : ५.५४ ग्राम

फ्याट : १.९६ ग्राम

कार्बोहाइड्रेट : ५१.७ ग्राम

फाइबर : ३.२३ ग्राम

यसबाहेक ब्राउन राइसमा आइरन, म्याग्नेसियम, म्यागनिज  पनि पाइन्छ ।

सेतो चामलमा पोषक तत्व 

ब्राउन राइस पोषक तत्वले भरिपूर्ण हुन्छ, तर सेतो चामलमा पोषक तत्व हुँदैन भन्ने हुँदैन । सेतो चामल पनि स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । तर यसमा ब्राउन राइसको तुलनामा थोरै कम पोषक तत्वहरू हुने गर्छ ।

क्यालोरिज: २४२

प्रोटिन : ४.४३ ग्राम

फ्याट : ०.३९  ग्राम

कार्बोहाइड्रेट : ५३.२ ग्राम

फाइबर : ०.५६ ग्राम

खैरो वा सेतो चामल ? कुन बढी फाइदाजनक ?

– सेतो चामलको तुलनामा ब्राउन राइसमा बढी फाइबर हुन्छ । यसले सामान्यतया सेतो चामल भन्दा १ देखि ३ ग्राम बढी फाइबर प्रदान गर्दछ । ब्राउन राइस उच्च फाइबरयुक्त खानेकुरा हो, त्यसैले यो तौल घटाउनमा बढी फाइदाजनक हुन्छ ।

– सेतो चामलमा ब्राउन राइस भन्दा बढी स्टार्च हुन्छ । एक कप ब्राउन राइसमा ४० ग्राम स्टार्च हुन्छ भने सेतो चामलमा ४४ ग्राम स्टार्च पाइन्छ । त्यसैले सेतो चामलले तौल बढाउन सक्छ । तौल घटाउन चाहनुहुन्छ भने राइस खान सकिन्छ ।

– चामल एक उच्च कार्बोहाइड्रेटयुक्त खाना हो । त्यसैले सेतो चामलको भात बढी खाने व्यक्तिहरुको तौल बढ्न सक्छ । यस्तै, जो ब्राउन राइस खान्छन्, उनीहरुको तौल नियन्त्रणमा रहन सक्छ ।

– ब्राउन राइस खाँदा मानिसलाई छिट्टै भोक लाग्दैन । यसले लामो समयसम्म पेट भरी भएको महसुस गराउँछ र बढी खानबाट जोगाउँछ । यता सेतो चामलको भात चाँडो पच्छ र छिट्टै भोक लाग्छ । त्यसैले हामी धेरै खाने गर्छौँ र हाम्रो तौल बढ्न थाल्छ ।

ब्राउन राइसका फाइदा

– ब्राइन राइसमा फाइबर पाइन्छ, त्यसैले यो मधुमेह, उच्च रक्तचाप र मुटुका बिरामीका लागि फाइदाजनक मानिन्छ ।

– यसबाहेक मोटोपनाबाट ग्रसितहरुका लागि ब्राउन राइस पनि फाइदाजनक हुन्छ । ब्राउन राइसले कब्जियतबाट छुटकारा दिलाउन मद्दत गर्छ ।

– ब्राउन राइस सेलेनियमको राम्रो स्रोत हो, जसले थाइरोइड हर्मोनको उत्पादनमा मद्दत गर्छ । यसका साथै यसले कोशिकाहरूलाई क्यान्सरबाट बचाउन भिटामिन ईसँग मिलेर काम गर्छ ।

– ब्राउन राइसमा म्यागनिज हुन्छ, जसले ऊर्जा प्रदान गर्छ । यो एन्टिअक्सिडेन्ट कार्यको लागि पनि आवश्यक छ । सेतो चामलमा यो खनिज हुँदैन ।

खैरो वा सेतो चामल कुन स्वस्थकर ?

खैरो चामल सामान्यतया सेतो चामल भन्दा बढी पौष्टिक हुन्छ । यसमा फाइबर, म्याग्नेसियम र अन्य पोषक तत्वहरू उच्च हुन्छन् । यदि तपार्इं आफ्नो आहारमा चामल समावेश गर्न चाहनुहुन्छ भने, तर ब्राउन राइस बढी लाभदायक हुन सक्छ । ब्राउन राइसले मुटु, पेटको रोगलाई टाढा राख्न मद्दत गर्छ । तौल घटाउन वा नियन्त्रणमा राख्न चाहनुहुन्छ भने ब्राउन राइस खानु बढी फाइदाजनक हुन्छ ।

ओन्ली माई हेल्थ

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप