मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘लू’ को सुटिङ मंसिरमा

मङ्गलबार, ०७ असार २०७९, १० : ५९
मङ्गलबार, ०७ असार २०७९

फिल्म ‘लू’ को सुटिङ आउँदो मंसिरबाट सुरु हुने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको भगीनी संस्था कारो फिल्मस्ले फिल्म बनाउन लागेको हो । नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास ‘लू’ को बिषयमा फिल्म बन्न लागेको हो । फिल्मका लागि कारो फिल्मस्ले आधिकारिक अनुमति लिएको छ । 

कारो फिल्मस्ले फिल्मको संगीतका लागि कालीप्रसाद बास्कोटालाई जिम्मा दिएको छ । यस बिषयमा फिल्मका निर्माता निशा खरेल र कालीप्रसाद बास्कोटाबीच सोमबार सम्झौता भएको छ । फिल्मको कलाकार र प्राविधि पक्ष छनौट क्रममा छन् । सबै छनौट भएपनि फिल्मको मुहूर्त गरिने निर्माण संस्था जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप