शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलमानको फिल्ममा रामचरणको इन्ट्री

मङ्गलबार, ०७ असार २०७९, ११ : ५०
मङ्गलबार, ०७ असार २०७९

बलिउडका सुपरस्टार सलमान खानको मुख्य भूमिका रहने फिल्म ‘कभी इद कभी दिवाली’ लगातार चर्चामा रहन सफल छ । फिल्मसँग जोडिएर हरेक समय नयाँ नयाँ समाचार सार्वजनिक हुने गर्दछ ।
अहिले फिल्ममा साउथ सुपरस्टार रामचरण भित्रिएको समाचार बाहिर आएको छ । फिल्मको केमियोमा उनी देखिनेछन् । फरहान सम्जी निर्देशक रहेको फिल्ममा पूजा हेगडे, शहनाज गिल, वेन्कटेश, जस्सी गिल, पलक तिवारी र राधव जुयालको अभिनय रहनेछ ।

फिल्मको अहिले हैदरवादमा सुटिङ चलिरहेको छ । २५ दिनको सेड्युल बनाएका सलमानले त्यहाँ एउटा भव्य गीत समेत छायाँकन गर्नेछन् । जसमा रामचरण केमियो भुमिकामा देखिने छन् । समाचारका अनुसार सलमानले रामचरणसँग हैदराबादमा भेटेका थिए । भेटमै फिल्मको अफर दिएको बताइन्छ ।

सलमानको रामचरण र उनका बुबा चिरञ्जिबीसँग राम्रो सम्बन्ध रहेको छ । चिरञ्जिबीको नयाँ फिल्म ‘गड फादरमा’ सलमान पनि छोटो भूमिकामा देखिदैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप