शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

मङ्गलबार, ०७ असार २०७९, १२ : ०३
मङ्गलबार, ०७ असार २०७९

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिकामा ठाउँठाउँमा पहिरो खसेपछि  कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प भएको छ ।  जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगायतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए । 

सडक अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट वडाहरुमा जान समस्या भएको छ भने बागलुङबाट बुटवल जाने यात्रीहरुलाई समेत समस्या परेको छ । अवरुद्ध सडक खुलाउन सडक विभागले कुनै चासो नदिएको स्थानीयवासीको भनाइ छ । 

पहिरो पन्छाउँदै सडक सञ्चालन गरे पनि पुनः पहिरो जाने गरेकाले समस्या भइरहेको स्थानीयवासीको भनाइ छ । बागलुङ बजारको मालढुङ्गा, बलेवा, जैमिनी नगरपालिका–१ कुश्मिसेरा, वडा नं ५ बिनामारे, वडा नं ६ अर्जेवा, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको तल्लो खण्डमा कालीगण्डकी करिडोर सडक पर्दछ ।

यस्तै जैमिनी नगरपालिका–७ जैदी र वडा नं ८ छिस्ती जोड्ने चौरीखोलामा समयमा पुल नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ । कालीगण्डकी करिडोरमा पर्ने सो खोलामा राखिएको बेलिब्रिज निकालिएको र अर्को पुल निर्माण सम्पन्न नहुँदा हिँडेर खोला तर्नसमेत कठिन भएको स्थानीय नवीन अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप