शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी अर्बपतिसँग बसेर खाना खान निकै महँगो, एक जनाले तिरे २ अर्ब ३७ करोड

मङ्गलबार, ०७ असार २०७९, १३ : १२
मङ्गलबार, ०७ असार २०७९

दिग्गज लगानीकर्ता तथा विश्वका सर्वाधिक धनाढ्यमध्ये एक वारेन बफेट आफ्नो सामाजिक क्रियाकलापका लागि पनि परिचित छन् । आफ्नो सामाजिक क्रियाकलाप अघि बढाउनका लागि हरेक वर्ष आयोजित हुने उनको वार्षिक पावर लञ्च (बफेट पावर लञ्च) पनि सधैँ चर्चामा रहन्छ । यस वर्ष बफेट अन्तिम पटक पावर लञ्चमा समावेश हुँदैछन् र यो अन्तिम आयोजनाले अचम्मको रेकर्ड स्थापित गरेको छ । वास्तवमा एक अज्ञात बिडरले बफेटसँग लञ्च गर्नका लागि करिब १९ मिलियन डलर (२ अर्ब ३७ करोड रुपैयाँ) को बोली लगाएका छन् ।

कहिले टुट्न पाउने छैन यो रेकर्ड

इबे र ग्लाइड फाउन्डेशनले मिलेर बफेट पावर लञ्चको लिलामीको आयोजना गरेका हुन् । यो लिलामीमा सुरुको बोली २५ हजार डलरको लगाइएको थियो । १२ जूनदेखि सुरु भएको यो लिलामीमा १७ जूनमा एक अज्ञात बिडरले १,९०,००,१०० डलर अर्थात् करिब २ अर्ब ३७ करोड रुपैयाँको बोली लगाए । यो नै सबैभन्दा ठूलो बोली साबित भयो । यो बफेट पावर लञ्चका लागि हालसम्मको सबैभन्दा ठूलो बोली हो । एक तरिकाले यो एउटा यस्तो रेकर्ड बनेको छ, जुन कहिल्यै पनि टुट्न पाउने छैन किनभने औपचारिक रुपमा यो बफेटको अन्तिम पावर लञ्च हो ।

पछिल्लो पटकको बोलीभन्दा यति धेरै

पछिल्लो २१ वर्षदेखि भइरहेको यो वार्षिक आयोजनामा हालसम्मको सबैभन्दा सानो सफल बोली २५ हजार डलरको हो । कोरोना महामारीका कारण सन् २०२० र २०२१ म बफेट पावर लञ्चको आयोजना भएको थिएन । यसअघि जब सन् २०१९ मा अन्तिम आयोजना भएको थियो, त्यतिबेला सबैभन्दा ठूलो बोली ४.५ मिलियन डलरको थियो । यसपटकको बोली पछिल्लो रेकर्डको चार गुणाभन्दा पनि बढी छ । सन् २०१९ मा क्रिप्टोकरेन्सीबाट अर्बपति बनेका व्यापारी जस्टिन सुनले सबैभन्दा ठूलो बोली लगाएका थिए ।

पछिल्लो १८ वर्षदेखि लिलामी गराइरहेको छ इबे

पछिल्लो १८ वर्षदेखि इबेले नै बफेट पावर लञ्चको लिलामी आयोजना गरिरहेको छ । इबेका सिइओ जेमी लेनोनले एक बयानमा भने, ‘वारेन बफेटको अन्तिम पावर लञ्चले फन्ड जुटाउने सबै पुरानो रेकर्ड तोडेकोमा हामीलाई अत्यधिक गौरव महसुस भइरहेको छ । लिलामीबाट प्राप्त सबै रकम ग्लाइडको ती प्रयासमाथि खर्च हुनेछ जुन मानिसलाई संकटबाट बाहिर निकाल्न र उनीहरुको जीवन परिवर्तन गर्नमा केन्द्रीत छ ।’

बफेटले पनि यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘यो खासै त्यस्तो केही त होइन... तर यो राम्रो भने हो । मैले विश्वभरीका थुपंै रोचक व्यक्तिहरुलाई भेटिरहन्छु । मैले सबैमा एउटा समान कुरा के देखेँ भने उनीहरु सबैले पैसा राम्रो काममा खर्च हुँदैछ भन्ने कुरालाई महसुस गरे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप