शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेको पार्टीले व्यवसायीसँग चन्दा नलिने, भातृ संगठन नहुने

मङ्गलबार, ०७ असार २०७९, १४ : ०४
मङ्गलबार, ०७ असार २०७९

सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि भातृ संगठन नबनाउने भएको छ । पार्टीमा कार्यकर्ता नभई  सदस्य मात्रै हुने उनले बताए । उनले कार्यकर्ता कोही नहुने भोट मात्रै हाले पुग्ने बताए । 

आलोचना गर्नका लागि बेला बेला बैठक र भेला गर्ने उनले बताए । यस्तै उद्योगी व्यवसायीसँग कहिल्यै पनि चन्दा नलिने उनले बताए । सर्वसाधारण मानिसबाट थोरै रकम चन्दा लिएर मात्र पार्टी सञ्चालन गर्ने बताउँदै खर्च र आम्दानीको पारदर्शी रुपमा सार्वजनिक गर्ने बताए । उनले ठूला व्यवसायीले पार्टीलाई कहिल्यै पनि चन्दा दिन नपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप