बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नम्रताका कारण ‘ग्रहण’ को छायाँकन सर्ने

मङ्गलबार, ०७ असार २०७९, १४ : १४
मङ्गलबार, ०७ असार २०७९

फिल्म ‘ग्रहण’ को छायांकन केही समयपछि सर्ने भएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ का कारण ढिलो हुने भएको हो । फिल्मकी मुख्य अभिनेत्री नम्रता श्रेष्ठ ‘प्रसाद २’ को छायाँकनमा असार दोस्रो सातादेखि बिजि हुने भएपछि फिल्म केही पछि धकेलिएको हो । गत मेबाट नै फिल्मको छायांकन सिक्किममा हुने भनिएता पनि पानी पर्ने सिजन भएकाले छायांकन हुन् सकेको थिएन ।

फिल्ममा नम्रतासँगै विनय श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । नम्रता ‘ग्रहणमा’ योगा प्रशिक्षकको भूमिकामा देखिँदैछिन् । निर्मला गुरुङ निर्माता रहेको फिल्ममा प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी , कास्टिङ डायरेक्टर सुदाम सिके, छायांकनमा हरि हुमागाईं र सम्पादकमा प्रविण श्रेष्ठ रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप