
रवि लामिछाने भाषण गरिरहे, समर्थकले हुटिङ गरिरहे (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू व्यवस्था बदल्न नभइ देशभित्र रहेका बेथितिलाई हटाउन राजनीतिमा आएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू इमान्दारीताका साथ जनताको पक्षमा लागिपर्ने बताए ।
उनले अब जसको भिजन उसैको सरकार हुने भन्दै उमेर पुगेपछि सत्ता नभइ वृद्ध भत्ता पाइने भएकाले युवापुस्ता राजनीतिमा आउनुपर्ने बताए । उनले भाषण गरिरहँदा समर्थकले उनको पक्षमा चर्को हुटिङ गरेका थिए । उनीहरुले रवि दाइ हाइहाइ, रवि लामिछाने जिन्दावादलगायतका नारा लगाएका थिए । यस्तै उनीहरुले पुरानो दलको आलोचना गर्दै भ्रष्टाचारी मुर्दावाद लगायतका नारा पनि लगाएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ