शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा एक युवकको हत्या

मङ्गलबार, ०७ असार २०७९, १५ : २२
मङ्गलबार, ०७ असार २०७९

सर्लाहीमा एक युवकको हत्या भएको अवस्थामा शव भेटिएको  । सर्लाहीको कविलासी नगरपालिकामा वडा नम्बर ८ मा स्थानीय अन्दाजी २४ वर्षिय अमरेन्द्र ठाकुरको हत्या गरी खेतमा फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हत्या गरी अगर्वा बजारभन्दा पश्चिम सडकको किनारमा फालिएको अवस्थामा शव फेला परेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । उनले प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशबाट  कुकुरसहितको विशेष टोलीबाट अनुसन्धान भइरहको समेत बताए । थप अनुसन्धान पछि मात्र अन्य कुरा भन्न सकिने उनले स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप