शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुईवटा ‘पृथ्वीजस्तै ग्रह’ भेटिए, नयाँ मल्टी–प्लानेट सिस्टम भेटियो

मङ्गलबार, ०७ असार २०७९, १७ : ०९
मङ्गलबार, ०७ असार २०७९

नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट मार्फत् अन्तरिक्षमा एक मल्टीप्लानेट सिस्टम (बहुग्रह प्रणाली) भेटिएको छ । यो सिस्टम पृथ्वीभन्दा केवल ३३ प्रकाश वर्ष टाढा छ । यसमा पृथ्वीको आकारका दुई ग्रह रहेका छन् ।

यो मल्टीप्लानेट सिस्टमको केन्द्रमा एउटा सानो र चिसो एम–ड्वार्फ तारा छ जसको नाम हो HD 260655 । एमआईटीका खगोलविदका अनुसार यसमा पृथ्वीका आकारका दुई ग्रह पनि छन् । खोजकर्ताका अनुसार यो ग्रहमा बस्न लायक छैन किनभने यसको कक्ष निकै कसिलो छ । जसका कारण यसको तापक्रम अलि बढी नै छ । तापक्रम बढी भएका कारण यहाँको सतहमा पानी छैन ।

पहिलो ग्रह हो HD 260655b जो हरेक २.८ दिनमा ताराको परिक्रमा गर्छ । यो पृथ्वीभन्दा करिब १.२ गुणा ठूलो छ । दोस्रो ग्रह जुन बाहिरी तर्फ छ, त्यो हो HD 260655c । यो हरेक ५.७ दिनमा ताराको परिक्रमा गर्छ । यो पृथ्वीभन्दा १.५ गुणा ठूलो छ । यसबाहेक दुबै ग्रह चट्टान समान भएको पत्ता लागेको छ ।

सिस्टमबारे पत्ता लागेपछि वैज्ञानिक निकै उत्साहित छन् । वैज्ञानिकका अनुसार यो प्रणालीमार्फत् पृथ्वीका आसपासका इलाकालाई निकै राम्रो तरिकाले बुझ्न मद्दत मिल्नेछ । क्यालिफोर्नियाको पासाडेनामा अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीको बैठकमा वैज्ञानिक खोजको नतिजाबारे जानकारी दिइनेछ ।

अनुसन्धान टोलीको एक सदस्य मिशेल कुनिमोटोका अनुसार यो प्रणालीमा दुबै ग्रहलाई यसका ताराको चमकका कारण, वायुमण्डलीय अध्ययनका लागि सबैभन्दा राम्रो लक्ष्य मानिएको छ । यी ग्रहको चौतर्फी वातावरण कस्तो छ, के यहाँ पानी छ वा यहाँ कार्बन आधारित प्रजाति छन्, यी सबै प्रश्नको जवाफ खोज्नका लागि वैज्ञानिकले अब यसको अध्ययन गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप