बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

योगाको कमाल : माइली साइरसदेखि लेडी गागासम्म फिट

मङ्गलबार, ०७ असार २०७९, १८ : ३८
मङ्गलबार, ०७ असार २०७९

हरेक वर्षको २१ जुन अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाउने गरिन्छ । कलाकारदेखि हरेक व्यक्ति आफूलाई फिट राख्न योगको मद्दत लिने गर्छन् । हलिउडका थुप्रै सेलिब्रेटी आफ्नो जीवनमा योगलाई महत्व दिन्छन् । यी हुन् नियमित योग हलिउड सेलिब्रेटी । 

माइली : चर्चित गायिका तथा अभिनेत्री माइली साइरस  योगमा रमाउने गर्छिन् । उनी अष्टाङ्ग योग सबैभन्दा बढी गर्छिन् । उनी व्यस्तताको समयमा पनि योगका लागि समय निकाल्न भुल्दिनन् । योगा आसनका तस्बिर समेत उनी सामाजिक संजालमार्फत शेयर गरिरहन्छिन् ।

जेनिफर : अभिनेत्री जेनिफर एनिस्टन ५३ वर्ष भइन् । एक अन्तर्वातामा उनले योगबाट आफूलाई फिट रहन मद्दत मिलेको बताएकी थिइन् । उनी हरेक दिन योग गर्न रुचाउँछिन् ।

लेडी गागा : लेडी गागाले २००४ देखि उनको नियमित रुटिङमा योग समावेस गरेकी छन् । उनी बिक्रम योगाको अभ्यास गर्छिन् । योगले आफूलाई फिट राख्नुको अलवा खुसीका साथ जीवन जिउन मद्दत मिलेके उनी बताउछिन् ।

बियोन्से : पप क्वीन बियोन्से गायनको अलवा फिटनेशको कारण पनि चर्चामा रहिरहन्छिन् । उनको फिटनेश र परफेट लुक्सको राज योग हो । उनको दैनिक रुटिङमा योग पर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप