शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय नम्बर प्लेट भएको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

मङ्गलबार, ०७ असार २०७९, २० : १८
मङ्गलबार, ०७ असार २०७९

कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतीय नम्बर प्लेट भएको मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पुनर्वास नगरपालिका–६ का मनिस राना मगर रहेका छन् । भारततर्फ जाँदै गरेको युपी ३१ के ८१३० नम्बरको भारतीय मोटरसाइकलले बालकलाई ठक्कर दिएको उनलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

ठक्करबाट घाइते भएका बालकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र १७ बर्षिय चालक मनिष सुनुवारलाई प्रहरीले नियन्त्रणमा लगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप