शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म प्रमोसनमा कलाकारको स्टण्ट

बुधबार, ०८ असार २०७९, ०९ : १३
बुधबार, ०८ असार २०७९

फिल्म निर्माण भएपछि त्यसको प्रमोसन गर्नु कलाकारको धर्म नै हो । तर, त्यसको कसरी प्रमोसन गर्ने भन्ने कुरा कलाकारको शैलीमा भर पर्छ । बलिउडमा यस्ता केही कलाकार छन्, जसले आफू अभिनित फिल्मको प्रमोसन गर्न ‘स्टण्ट’को सहारा लिए ।

अभिनेता वरुण धवन र कियारा आडवाणी नयाँ फिल्म ‘जुग—जुग जियो’को प्रमोसनमा व्यस्त छन् । हालैमात्र यो जोडीले एक होटलमा कसैको विवाहको ‘प्री—वेडिङ’ कार्यक्रममा फिल्मको गीत ‘नच पन्जाबन’मा नृत्य नै गरे।

यो एक फिल्म प्रमोसनको एक शैली नै थियो । वरुण र कियारा एक उदाहरण मात्र हुन् । बलिउडका अन्य केही कलाकार छन्, जसले फिल्म प्रमोसनका लागि अनेक ‘स्टण्ट’ गर्न पछि परेनन् ।

अभिनेत्री आलिया भट्टले फिल्म ‘टू स्टेट्स’को रिलिज अघि नै आफ्नो इन्गेजमेन्ट हुने घोषणा गरिन् । यो घोषणाले उनका कैयौं फ्यान दुःखी भए । तर, जब उनीहरुले आलियाको यो निर्णय केवल फिल्म प्रमोसनका लागि मात्र भएको थाहा पाएपछि उनीहरुले राहतको महशुस गरे ।

अभिननेता शाहरुख खानले फिल्म ‘जब हेरी मेट सेजल’का लागि यस्तै अनौठो तरिका अपनाए । उनले अहमदाबादमा रहेका सेजल नामका कैयौं युवतीसँग भेटघाट गरे । जुन बेला उनलाई भेट्न करिब ७ हजार सेजल नामका युवती नै आएका थिए ।

रणवीर सिंहका हरेक काम अन्तरंगी शैलीको हुन्छ । त्यसकारण पनि उनको प्रमोसन तरिका विशेष हुन्छ । केही वर्षअघि रिलिज फिल्म ‘सिम्बा’मा उनले यस्तै शैली अपनाए । उनले फिल्म हलको छतमा चढेर फिल्मको गीतमा नृत्य नै गरे ।

अभिनेत्री विद्या वालनको फिल्म ‘कहानी’ निकै लोकप्रिय भयो । यो फिल्मको प्रमोसनका लागि विद्याले अपनाएको प्रमोसन शैली निकै रोचक थियो । फिल्ममा उनी एक गर्भवती महिला छिन् र आफ्नो पतिलाई खोज्नका लागि उनी निस्कन्छिन् ।

फिल्मको प्रमोसनका लागि उनी हरेक स्थानमा नक्कली गर्भवती भएर देखिइन् । संयोग नै मान्नुपर्छ, उनको यो तरिकाले काम गर्यो र फिल्म हिट साबित भयो ।

आमिर खानको फिल्म ‘गजनी’बाट उनको हेयरस्टाइल निकै लोकप्रिय भयो । फिल्मको रिलिजअघि अभिनेताले नाई बनेर मानिसहरुको कपाल नै काटे । आफ्नो लुकबाट प्रभावित भएर उनले कैयौं फ्यानलाई गजनी लुक नै बनाइदिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप