
नेपालको पहिलो डिजिटल मार्केटप्लेस सुरु
इलान्स डिजिटल मिडिया प्रालिले सबै विज्ञापन, ब्रान्डिङ र मार्केटिङ आवश्यकताहरूको लागि नेपालको पहिलो डिजिटल मार्केटप्लेस eLancedigitalmedia.com सुरु गरेको छ । इलान्सले वेबसाइट डिजाइन, सर्च इन्जिन अप्टिमाइजेसन, सोसल मिडिया मार्केटिङ, गुगल विज्ञापन, मल्टिमिडिया लगायत सेवाहरु प्रदान गर्दछ ।
इलान्सकी प्रमुख कार्यकारी अधिकृत तरुमिता सामलले भनिन्, ’हामीले हरेक दिन ग्राफिक्स प्याकेजिङ्ग डिजाइन, लोगो डिजाइन, फेसबुक विज्ञापन र डिजिटल मार्केटिङसँग सम्बन्धित अन्य सेवा हरूका बारेमा धेरै कलहरू प्राप्त गर्दथ्यौं तर हामी सधैँ मासिक प्याकेजहरूको साथ हाम्रा अन्य ग्राहकहरूसँग व्यस्त भएकाले अर्डरहरू लिन असमर्थ भयौ र यसले हामीलाई एउटा बजारको आवश्यकता महसुस गरायो जहाँ मानिसहरूले सीधै कुनै पनि आफूलाई आवश्यक पर्ने सर्भिस प्याकेज किन्न सक्छन् यसमा सानो वा ठुला सेवा केहि फरक पर्दैन।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ