शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंकले ल्यायो धनवृद्धि योजना

बुधबार, ०८ असार २०७९, १२ : २६
बुधबार, ०८ असार २०७९

नेपाल एसबिआई बैंकले धनवृद्धि योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकले जम्मा गरेको रकम  ६ वर्ष ६ महिनामा २ गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणा भन्दा बढी प्रतिफल दिने मुद्दती खाता सन्चालनमा ल्याएको हो ।

उक्त खातामा ब्याज सावाँमा पुँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ट रकम भुक्तानी हुनेछ । बैंकले ग्राहकहरुलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सकिनेछ । यो योजना नेपाल एसबिआई बैंकको कुनै पनि शाखाबाट लिन सकिने जनाइएको छ । 

साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा २ गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप