शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्डोनेसिया उडे ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज’ प्रतियोगी

बुधबार, ०८ असार २०७९, १३ : ५३
बुधबार, ०८ असार २०७९


‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज’ आयु खत्री, रिदम नेपाल, कृषा खड्गी, कर्मा कलसंग सुरुते र ‘किड्स अफ दि इयर इन्टरनेशल’ यास्ना श्रेष्ठ इन्डोनेसिया उडेका छन् ।  बालीमा आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ मा सहभागी जनाउन उनीहरु मंगलबार साँझ बाली उडेका हुन् । बाली शहरमा २४ देखि २५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगिताका १० बढी राष्ट्रका सहभागी रहनेछ । 

प्रतियोगितामा बालबालिका नेपाली कला संस्कृति सहित सहभागी हुन लागेका हुन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले ति बालबालिकालाई नेपालको तर्फबाट सहभागी गराउन लागेको हो । प्रतियोगितामा बालबालिका लिएर अन्तराष्ट्रिय फेसन कोच तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक राज फैजु पनि सहभागी हुँदैछन् ।

प्रतियोगितामा बालबालिकाले अन्तराष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदार फैजुले नै तयार पारेको नेपाली कला संस्कृति झल्कने बिभिन्न आकर्षक पहिरनमा आफ्नो प्रस्तुति दिनेछन् । सबै प्रतियोगी बिभिन्न प्रशिक्षण सहित प्रतियोगितामा सहभागी हुन लागेका हुन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप