शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भित्रियो ‘ईभी ब्राभो’, दुई घण्टामा फुलचार्ज हुने

बुधबार, ०८ असार २०७९, १४ : १४
बुधबार, ०८ असार २०७९

इलेक्ट्रिक दुई पाङ्ग्रेमा आकर्षक ‘ईभी ब्राभो’ आधिकारिक रुपमै नेपाल भित्रिएको छ । विद्युतीय दुई पाग्रेमा आक्रमक बजार विस्तारको रणनीति बनाएको जम्वो मोटर्सले हालैमात्र चिनियाँ ब्राण्डको स्कुटर ब्राभो नेपाल भित्र्याएको हो ।

२ घन्टामा फुलचार्ज हुने र अधिकतम १२० किलोमिटरको माइलेज दिने यस स्कुटर छिट्टै विक्रिवितरण समेत शुरु गर्ने समेत कम्पनीले जनाएको छ । ​ईभी ब्राभो रेट्रो डिजाइनमा उपलब्ध छ । हाल कम्पनीले यो स्कुटरको टेष्ट ड्राइभ कार्यक्रम संचालन गरिरहेको जनाएको छ ।

जम्वो मोटर्स हेटौडाका व्यवसायिक ग्रुपले संचालन गरेको कम्पनी हो । जम्वो मोटर्स अन्तर्गत कम्पनीले ओपाइ र लेभ्निङ ब्राण्डका इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ । जम्वो ब्राभोमा ३ किलोवाटको मोटर जडान गरिएको छ । यसमा कम्पनीले दुई भेरियन्टको ब्याट्री अप्सन दिएको छ । यसमा २० एम्पीयर ७२ भोल्ट र ४० एम्पीयर ७२ भोल्टको ब्याट्री पाउन सकिन्छ । 

यी दुबै भेरियन्टमा डबल ब्याट्री अप्सन उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा २१ हजार ७०० सेलको एड्भान्स ब्याट्री रहेको छ । यो स्कुटरलाई २ घन्टामा फुल चार्ज गर्न सकिन्छ । कम्पनीले यसमा फास्ट चार्जर उपलब्ध गराउने जानकारी दिएको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जमा भेरियन्ट अनुसार १२० किलोमिटरदेखि २४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ । 

स्कुटरमा टीएफटी डिस्प्ले, कि लेस स्टार्ट, बाइडर टायर, टेलीस्कोपिक सस्पेन्सन, एलइडी लाइट्स, डिस्क ब्रेक, बुट स्पेस जस्ता फिचर उपलब्ध रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप