
गोरखाका ब्लड क्यान्सर पीडित गणेशलाई गोर्खाली समाज अमेरिकाको सहयोग

गोरखा जिल्ला भिमसेन थापा गाउँपलिका–१,मसेलका ब्लड क्यान्सर पीडित गणेश बरामलाई गोर्खाली समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ। विगत ७ महिना देखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको सदन कक्षमा उपचार गराइ रहेका बरामलाई गोर्खाली समाज अमेरिका र न्युयोर्कले ३ लाख ९७ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो।
उक्त रकम काठमाडौंमा रहेका सामाजिक अभियन्ताहरुको टिम त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर पीडित गणेशलाई हस्तान्तरण गरिएको थियो। उनीहरुले बिरामीको अवस्थाबारे पनि जानकारी लिएका थिए।
ब्लड क्यान्सर पीडित गणेश बरामको आर्थिक अवस्था न्युन भएकै कारण उपचार गर्न कठिन भएकोले देश तथा विदेशमा रहेका सहयोगी दाताहरुसँग आर्थिक सहायता माग गरिएको थियो। जसअनुरुप मसेल (काठमाडौं समन्वय समितिको विशेष आग्रहमा लामो समयदेखि अमेरिकामा बस्दै आएका विकास पाण्डे, निर्मला पुडासैनी र खम भट्टको सक्रियतामा रकम संकलन गरिएको थियो।
उपचारको लागि सहयोग प्राप्त गरेपछि सहयोगी मनहरुलाई धन्यवाद दिँदै पीडित गणेशले आफ्नो जीवन रक्षाको लागि सहयोग गरिदिन सबैमा अपिल गरे।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ