शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेता पुष्प एसआई फिटनेश ब्रान्ड एम्ब्यासडर नियुक्त

बुधबार, ०८ असार २०७९, १५ : ४४
बुधबार, ०८ असार २०७९

अभिनेता पुष्प खड्का एसआई फिटनेश ब्रान्ड एम्ब्यासडर नियुक्त भएका छन् । एसआई फिटनेशनले उनलाई एक वर्षका लागि ब्रान्ड एम्ब्यासडर नियुक्त गरेका हुन् ।

अभिनेता खड्काको पब्लिक क्रेज र जिम प्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्ब्यासडरमा नियुक्त गरेको एस आई फिटनेशनका संचालक कुमार स्याङ्बोले जानकारी दिए । अभिनेता खड्का पनि फिटनेशनमा खुबै ध्यान दिन्छन् । पुष्पले चलचित्र ‘मारुनी’को छायांकनको समयदेखि आफूले फिटनेशनमा बढी ध्यान दिन थालेको बताए ।

नेपाली चलचित्र क्षेत्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सुशिल श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने उनले बताए । उनले भने–‘जिम गर्नुपर्ने कलाकारमा म त दयाहाङ राई दाइलाई देख्छु ।’ पुष्प म्युजिक भिडियो र फिल्म दुबैमा बराबर देखिने कलाकार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप