शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनरका तीन नयाँ स्मार्टफोन नेपाली बजारमा आउँदै

बुधबार, ०८ असार २०७९, १६ : ००
बुधबार, ०८ असार २०७९

नेपाली बजारमा अनर ब्राण्डका तीन फरक मोडलका स्मार्टफोन सार्वजनिक हुने भएको छ । नेपालका लागि अनर को आधिकारिक बिक्रेता सेल्ट्रन नेपाल प्रालिले अनर एक्स७|एक्स८|एक्स९ बाजारमा ल्याउन लागेको हो । 

अनर एक्स७ मा ५ हजार एमएच ब्याट्री रहेको छ । यसले प्रयोगकर्ताहरूलाई एकै चार्जमा २० घण्टासम्म अनलाइन भिडियो स्ट्रिमिङ वा ४९ घण्टा फोन कलको सुविधा दिन्छ। अनर एक्स७ ४७ डिग्री कर्भका साथ डिजाइन गरिएको छ । यो केवल 8.62mm पातलो छ भने यसमा ६.७४ इन्चको अनर फुलभ्यू लिक्विड क्रिस्टल डिस्प्ले रहेको छ । अनर एक्स७ क्वालकम स्नाप ड्रागन ६८० प्ल्याटफर्मद्वारा सञ्चालित छ । यसमा र्‍याम टर्बो (4GB+2GB) पनि छ । 

फोनमा ४८ मेगापिक्सलको मेन क्यामेरा, ५ मेगापिक्सलको वाइड एंगल क्यामेरा, २ मेगापिक्सलको सेन्सिङ म्याक्रो क्यामेरा र २ मेगापिक्सलको सेन्सिङ बोकेह क्यामेरा समावेश गरी बलियो क्वाड क्यामेरा रहेको छ ।

अनर एक्स८ अविश्वसनीय रूपमा पातलो र स्टाइलिश अनर एक्स८ अल्ट्रा स्लिम र हल्का वजनको साथ डिजाइन गरिएको कम्पनीको भनाइ छ । यो केवल ७.४५ एमएम मोटो र १७७ ग्राम तौल भएको छ । अनर एक्स८ ले ६.७ इन्चको अनर फुलभ्यू डिस्प्लेको प्रदान गर्दछ। स्क्रिन रिजोल्युसन 2388x1080 पिक्सेल छ । यसमा ६४ मेगापिक्सलको मुख्य क्यामेरा, ५ मेगापिक्सलको वाइड एंगल क्यामेरा, २ मेगापिक्सलको सेन्सिङ म्याक्रो क्यामेरा र ५ मेगापिक्सलको सेन्सिङ बोकेह क्यामेरा जडान छ । यो पनि क्वालकम स्नाप ड्रागन ६८० प्ल्याटफर्मद्वारा सञ्चालित छ ।

अनर एक्स९ मा 4800mAh को लामो समयसम्म चल्ने ब्याट्री छ । यसको सुपरचार्ज टेक्नोलोजीले जसले केवल 15 मिनेटमा 48% र 30 मिनेटमा 80% चार्ज गर्न सक्छ । स्नाप ड्रागन ६८० प्ल्याटफर्मद्वारा सञ्चालित छ । यसमा र्‍याम टर्बो (8GB + 2GB) रहेको छ । जुनको तेस्रो सातादेखि नेपालभर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप