बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

बुधबार, ०८ असार २०७९, १७ : २४
बुधबार, ०८ असार २०७९

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ ।  नगरप्रमुख खेलराज पाण्डेले उपलब्ध स्रोत साधन, क्षमता र अवसरको उच्च परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

 उनले बुटवलको भौतिक पुर्वाधार र सामाजिक विकासका लागि एक वडा एक पहिचान कार्यक्रमदेखि  किसानलाई  उत्पादनमा आधारित अनुदानसम्मको कार्यक्रम सार्वजनिक गरेका छन् ।  पाण्डेले नगर अस्पताल निर्माण, स्पोर्टस् जोन निर्माण घोषणा गरेका छन् । यसैगरी बेरोजगारी न्यूनीकरण गर्ने, स्वरोजगारता वृद्धि गर्ने, सीप सिकाउने र उद्यम विकास गर्न गृहिणी महिलालाई उत्पादनसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने पनि बताएका छन् ।  श्रम बैक र श्रम डेस्क सञ्चालन गरी श्रमिकहरूलाई रोजगारी र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीति लिएको पनि उनले बताए । । 

यस्तै सहकारीलाई कृषि तथा पशुपालनका क्षेत्रमा आबद्ध गर्ने र सर्वसाधारणको बचतको ठुलो हिस्साको अपचलन हुनबाट रोक्न नियमन कार्यलाई थप व्यवस्थित लगिने पनि उनले बताएका छन् । आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधा सम्पन्न १५ बेडको नगर अस्पताल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरी प्रक्रिया अघि बढाउने  उनले बताएका छन् । 

आयुर्वेदिक अस्पताल स्थापना, ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच, चौमासिक परामर्शका लागि जनतासँग प्रमुख कार्यक्रम, नवजात शिशु, आमा र बालबालिकाको पोषणलक्षित उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने नीति नगरले लिने भएको छ । विद्यालयहरूमा विषयगत सिकाई उपलब्धि अभिवृद्धिका लागि विषय विभाग गठन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताल, आम्दामा डिप्लोमा तहको प्यारा मेडिकलका विषयहरू अध्यापन गराउन प्रक्रिया अघि बढाउनेलगायतका नीति पनि उपमहानगरले अघि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप