बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वृद्धामाथि कुटपिट गरेको आरोपमा जनप्रतिनिधिविरुद्ध उजुरी

बुधबार, ०८ असार २०७९, २० : २३
बुधबार, ०८ असार २०७९

दाङमा एक जनप्रतिनिधिले ७५ वर्षीय वृद्धामाथि  कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । घोराही उपमहानगरपालिका–१८ की वडा सदस्य दीपा नेपालीले स्थानीय ७५ वर्षीय वृद्धा रुकुमादेवी नेपालीलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको हो ।

कुटपिटबाट रुकुमादेवीको बायाँ हात नचल्ने अवस्थामा रहेको र लगाएको कपडा पनि च्यातिएको जनाइएको छ । एमालेबाट दलित महिला सदस्यमा निर्वाचित दीपाले आफूलाई मत नदिएको भन्दै रुकुमादेवीमाथि कुटपिट गरेको आरोप पीडित पक्षको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप