बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने निर्णय

बुधबार, ०८ असार २०७९, २१ : ११
बुधबार, ०८ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई ससम्मान आगामी प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । एन्फाको नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने निर्णय गरेको अध्यक्ष पंकज नेम्वाङले जानकारी दिए । 

यस्तै प्रशिक्षकको विषयमा छानबिन समितिको प्रतिवेदन र कतार फुटबल एसोसिएसन लगायतसँग आवश्यक छलफलका आधारमा निर्णय लिइने उनले जानकारी दिए ।  बैठकले महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रविन्द्र जोशीलाई मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध कमिटीमा नविन पाण्डेलाई  चयन गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप