शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फाको निर्णयसँगै १० खेलाडी राष्ट्रिय टिममा

बुधबार, ०८ असार २०७९, २२ : २६
बुधबार, ०८ असार २०७९

एन्फाले १० जना खेलाडीलाई राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरेको छ।  एन्फाको नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले प्रशिक्षकसँग लफडा भएर टीम बाहिर रहेका खेलाडीलाई पुनः खेलमा फर्काउने निर्णय गरेको हो । 
प्रशिक्षक अब्दुल्लाह अमुल्ताइरीसँग विवाद भएपछि भरत खवास र विक्रम लामासहित राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका थिए । 
 
टिमबाट बाहिरिनेमा विशाल सुनार, रन्दिप पौडेल, भरत खवास, जर्ज प्रिन्स कार्की, राजिव लोप्चन, सन्जोग राई, त्रिदेभ गुरुङ, रजिन धिमाल, सेसेहाङ आङ्देम्बे र बिक्रम लामालगायत रहेका थिए । यस्तै कप्तान किरण चेम्जोङलाई समेत प्रशिक्षकले पाखा लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप