शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अल्मुताइरीको विषयमा अन्तिम निर्णय आउन अझै समय लाग्छ : महासचिव राई

बुधबार, ०८ असार २०७९, २२ : ३०
बुधबार, ०८ असार २०७९

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई हटाउन कतार फुटबल र स्वयम् प्रशिक्षकको सहमति आवश्यक हुने भएको छ । बुधबार बसेको एन्फा कार्यसमितिको पहिलो बैठकले खेलाडीलाई प्रशिक्षणमा बोलाउने निर्णय गरेपनि प्रशिक्षकलाई बोलाउने विषयमा निर्णय गरेन । 

प्रशिक्षक हटाउने विषयमा भने एन्फा कमजोर देखिएको छ । कतार फुटबल र स्वयम् प्रशिक्षकसँग सहमति नभएसम्म कानुनी पाटोमा जानु पर्ने झमेलाले आजको बैठकमा प्रशिक्षकको विषयमा निर्णय हुन सकेन । 
एन्फाका महासचिव किरण राईले आफूले प्रशिक्षकको विषयमा जिम्मा पाएको र कही दिनमा यसको विषयमा निर्णय गर्ने बताएका छन् । उनले प्रशिक्षकलाई हटाउन कतार फुटबलसँग सहमति गर्ने र त्यो भन्दा पहिला प्रशिक्षकलाई नेपाल बोलाउने बताए । 

‘प्रशिक्षकको विषयमा निर्णय गर्न केही समय लाग्नेछ । कतार फुटबल र स्वयम् प्रशिक्षकसँगको छलफलपछि मात्र अन्तिम निर्णय हुनेछ । लामो प्रकृया भएकाले समय लाग्ने भएको हो । कतार फुटबलले सहमति नदिए कतार एम्बेसीसँग छलफल गरेर अन्तिम निष्कर्षमा पुग्नेछौँ,’ राईले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप