शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरका बालबालिकालाई पनि आजबाट फाइजर खोप दिने

बिहीबार, ०९ असार २०७९, ११ : ४८
बिहीबार, ०९ असार २०७९

मकवानपुरका ५ वर्षदेखि १२ वर्ष मुनिकालाई बालबालिकालाई बिहीबारबाट कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाइदिन भएको छ । ९ असारदेखि १५ गतेसम्म ५ देखि ११ वर्षमुनिका ६१ हजार ७५ जना बालबालिकालाई फाइजर खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा रहेका ४ लाख ६१ हजार ६४४ जनसङ्ख्या मध्ये १३ दशमलव २३ प्रतिशत बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

मकवानपुरको १० वटै स्थानीय तहमा फाइजर खोप लगाइने छ । खोपका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको उनले जानकारी दिए । मकवानपुरमा ३९० जना स्वास्थ्यकर्मीलाई तालिम दिई खोपको लागि परिचालन गरिएको छ । पहिलो खोप लगाएको २१ दिनदेखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइनेछ ।

कार्यालयको तथ्याङ्कअनुसार हेटौंडा उपमहानगरपालिकामा २५ हजार ९४९ जना, थाहा नगरपालिकामा पाँच हजार १८७ जना, बागमती गाउँपालिकामा चार हजार ५९ जना, बकैया गाउँपालिकामा पाँच हजार ३९० जना, भीमफेदीमा दुई हजार ८६४ जना, इन्द्रसरोवरमा एक हजार ८२२ जना बालबालिकालाई फाइजर खोप लगाइनेछ ।

त्यसैगरी कैलाश गाउँपालिकामा दुई हजार ९१६ जना, मकवानपुरगढीमा तीन हजार २१३ जना, राक्सिराङ गाउँपालिकामा तीन हजार ४३० जना र मनहरीमा ६ हजार २४५ जना बालबालिकालाई फाइजर खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप