महतोद्वारा उम्मेदवारी घोषणा
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य दीपक महतोले सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
उनले उम्मेदवारी घोषणा गरेपनि पार्टीको नाम खुलाइएको छैन । उनले भने, ‘चुनाव लड्ने जसपाबाट नै हो तर पार्टीमा विवाद चलिरहेको छ, भोलि गएर के अवस्था हुने हो थाह छैन, टिकटको अवस्था के हुने हो त्यो पनि थाह छैन त्यही भएर अहिले पार्टीको नाम खुलाएको छैन ।’ जसपाबाट नभएपनि अन्य पार्टीबाट पनि चुनाव लड्ने आफ्नो तयारी रहेको उनले बताए ।
समाजवादी युवा संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका नेता महतो यसअघि पनि तत्कालिन नयाँ शक्तिबाट चुनाव लडेका थिए । त्यतिबेला उनले २८ सय मत ल्याएका थिए । यसपटक जसपाबाट चुनाव लड्ने तयारीमा लागि सकेका छन् । सो क्षेत्रबाट अहिले माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादव चुनाव जितेका छन् ।
उनी विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका थिए । २०६२-६३ जन आन्दोलन, मधेश जनविद्रोह, २०७२ सालको दोस्रो मधेश आन्दोलनमा सहभागी भई विभिन्न काल खण्डमा आन्दोलनका अगुवाई तथा नेतृत्व गर्दै आएको छ ।
‘पटक–पटक लड्यौ व्यवस्था परिवर्तनका लागि अव अवस्था परिवर्तनका लागि लडौँ’ नाराका साथ उनले उम्मेदवारी घोषणा गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा
-
‘निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन्’
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँः मन्त्री भण्डारी
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन
-
सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यक: अध्यक्ष सिंह
-
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको शतक, नेपाल जिततर्फ अग्रसर