शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी विदेशमन्त्री इरानमा, राष्ट्रपतिसँग भेटघाट

बिहीबार, ०९ असार २०७९, १२ : ३०
बिहीबार, ०९ असार २०७९

रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगेका छन् । उनले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गरेका छन् । इरानको राष्ट्रिय टेलिभिजन संस्था आइआरआइबीका अनुसार रुसी विदेशमन्त्री बुधबार इरानको भ्रमणमा गएका थिए ।

उनी इरानमा दुई दिनसम्म रहने समाचारमा जनाइएको छ । त्यस क्रममा उनले इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

उनीहरुको भेटका क्रममा क्षेत्रीय सुरक्षाका साथै अफगानिस्तान सिरिया र युक्रेनका विषयमा कुराकानी हुने जनाइएको छ । साथै उनको यस भ्रमणका क्रममा इरान र रुसबीचको व्यापारिक साझेदारी र द्धिपक्षीय लगानी आदिका विषयमा पनि सम्झौता हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप