बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शाहरुखको ‘जवान’ मा दीपिकाको इन्ट्री

बिहीबार, ०९ असार २०७९, १३ : ५५
बिहीबार, ०९ असार २०७९

अभिनेता शाहरुख खानको आउँदो फिल्म ‘जवान’ मा दीपिका पादुकोण पनि देखिने भएकी छन् । फिल्मको मुख्य भूमिकामा नभएर उनी केमियामा देखिन लागेकी हुन् ।  दीपिका शाहरुखको साथ ‘पठान’ मा पनि देखिँदैछिन् ।

मिडिया रिपोर्टका अनुसार ‘जवान’ मा दीपिकाको छोटो भएपनि महत्वपूर्ण भूमिका रहनेछ । फिल्मको बिषयमा निर्माण युनिट र दीपिकाबीच सहमति भएपनि कागजी सम्झौता भने हुन बाँकी छ ।  रिपोर्टकाअनुसार हालै शाहरुख हैदरावाद गएका थिए । त्यहाँ उनको दीपिकासँग भेट भएको थियो । त्यही दीपिकासँग फिल्मको विषयमा उनले कुराकानी भएको बताइन्छ ।

फिल्म ‘जवान’ मा शाहरुखको अलवा नयनतार, राणा दग्गुबाती, सान्या मल्होत्रा र सुनील ग्रोवरको मुख्य भूमिका रहनेछ । रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म एटलीले निर्देशन गर्दैछन् । फिल्म आगामी वर्ष २ जुनमा रिलिज हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप