
गहना बनाउन थप खर्चिलो, बढ्यो जर्तीको मूल्य

गहना बनाउँदा लाग्ने जर्तीको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि संशोधन गर्दै जर्तीको मूल्य बढाएको हो ।
यसअघि, सुनचाँदी बनाउँदा लाग्ने जर्तीको मूल्य ३०० रुपैयाँ थियो । जुन, अब बढेर ५०० रुपैयाँ पुगेको छ । संशोधित कार्यविधिअनुसार सर्वसाधारण बाहेक नेपाल सरकारका निकायहरू वा निजी तथा सार्वजनिक संघ/संस्थाबाट जसर्फी खरिदको लागि माग भइ आएमा आवश्यक्ता तथा औचित्यका आधारमा बिक्री गर्न सकिने बताइएको छ ।
यसरी बिक्री गर्दा नियमबमोजिम आधार मूल्यमा जर्ती लगायतको लागत बापत ५०० रुपैयाँ थप्न मिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ