
प्रदेश १ मा दुधजन्य वस्तु उत्पादन गर्न नयाँ उद्योगीलाई ५० लाखसम्म अनुदान, आवेदन खुल्यो

स्वीस सरकारको सहयोगमा सञ्चालित एनएएमडीपीको दोस्रो चरणको कार्यक्रम अन्तगर्तत सहज नेपालले प्रदेश १ का २५ जना नयाँ उद्यमीलाई छनोट गरी ५ देखि ५० लाख रुपैयाँसम्म फण्ड (अवार्ड) दिने घोषणा गरेको छ ।
विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै सो संस्थाले आजैदेखि आफ्नो वेबसाइटमा आवेदन दिन सकिने जनाएको छ । आगामी साउन ६ गतेसम्म आवेदन दिनसक्ने एनएएमडीपीकी मेनेजर सुविच्छा श्रेष्ठले बताइन् ।
उनका अनुसार दुधजन्य परिकार उत्पादन गर्ने उद्देश्य र योजनासहित आवेदन दिनुपर्नेछ । सहज नेपालले एनएएमडीपीसँगको सहकार्यमा डेरी, अलैंची, तरकारी र मकै बालीको प्रबर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
दोस्रो चरणको कार्यक्रममा दुधजन्य परिकार उत्पादन गर्न सक्ने साना तथा मझौला उद्योलाई फोकस गरेर यो कार्यक्रम ल्याइएको उनले बताइन् । उक्त अवार्डका लागि सहज नेपालले २ करोड रुपैयाँको च्यालेन्ज फण्ड निर्माण गरेको छ ।
‘सुरुमा हामी ५ देखि ५० लाख रुपैयाँसम्म दिनेछौं,’ श्रेष्ठले भनिन्, ‘साउन ६ गतेसम्ममा आएको आवेदनमध्ये २५ जनालाई सेलेक्ट गरेर दिनेछौं र यो आजदेखि १०२ दिनभित्र दिइसक्ने हाम्रो योजना छ ।’
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले प्रदेश १ दुध, मासु (बाख्रा र बंगुर) मा आत्मनिर्भरतातर्फ गइरहेको बताए । उनले एनएएमडीपीले गरेको यो कार्यक्रम उदाहरणीय र प्रशंसायोग्य रहेको भन्दै निर्यातजन्य वस्तुलाई कसरी आकर्षक र टेष्टी बनाउने भन्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा पशुपंक्षी तथा मस्य विकास निर्देशनालय प्रदेश १ का प्रमुख डाक्टर पशुपति ढुंगानाले लामो समय टिक्ने खालका बस्तुको उत्पादन बढाउनुपर्नेमा जोड दिए । उनले दुधको कच्चा पदार्थ उत्पादन पर्याप्त भए पनि दुधजन्य वस्तुको परिकार उत्पादनमा प्रदेश १ पछि परेको बताए ।
पत्रकार सम्मेलनमा आइडिया नेपालका अध्यक्ष छिरिङ लामाले २ बिलियन डलर बराबरको दुधजन्य वस्तु अहिले पनि नेपालमा आयात भइरहेको बताए ।
कार्यक्रममा एनएएमडीपीका टिम लिडर रिक भेन डियर केम्प, खाद्य गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजाललगायतको उपस्थिति थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- June 23, 2022, 8:51 p.m. Krishna raiकार्यक्रममा सहभागिताको इच्छुक छु।
- 0 Reply
कमेन्ट गर्नुहोस्
तपाईको ईमेल गोप्य राखिनेछ
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।