शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गेसोद्वारा प्रधानमन्त्री देउवा र प्रचण्डसँग भेटवार्ता :  नेपाल र बेलायतबीचको वार्ताबारे छलफल

बिहीबार, ०९ असार २०७९, १६ : २६
बिहीबार, ०९ असार २०७९

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का पदाधिकारीहरुले बेलायतसँगको वार्ताका लागि नेपाल सरकारले गरेको तयारीबारेमा छलफल गरेका छन् । बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनीहरुले नेपाल र बेलायतबीच गोरखा भूतपूर्व सैनिकहरूका बारेमा हुन लागेको द्विपक्षीय वार्ताका बारेमा छलफल गरेको हो । 

गेसो सभापति कृष्णकुमार राईको संयोजकत्वमा बालुवाटार पुगेको  प्रतिनिधिमण्डल र प्रधानमन्त्री देउवाबीचको छलफल भएको हो । सो छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डसँग गेसोको टोलीले नेपाल र बेलायतबीच हुन गइरहेको वार्तामा के कस्तो तयारी भइरहेको छ भन्ने प्रश्न गरेका थिए । प्रधानमन्त्री देउवाले वार्ताको मिति तोकि नसकिएको र आगामी जुलाईमा वार्ता शुरु हुनसक्ने बताएको गेसो सभापति राईले जानकारी दिए । यदि जुलाईमा वार्ता शुरु नभए पनि नेपाल र बेलायतबीच भूतपूर्व गोर्खा सैनिकका बारेमा वार्ता भएरै छाड्नेमा आफू आशावादी रहेको पनि प्रधानमन्त्री देउवाले बताएको अध्यक्ष राईको भनाइ छ । 

यस्तै गेसोको पदाधिकारीहरुले परराष्ट्र मन्त्रालय र बेलायतस्थित नेपाली दूतावासले छलफल गर्दा गेसोलाई सहभागी नगराएको बारेमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् । जवाफमा प्रधानमन्त्री देउवाले वार्ता टोलीको संयोजकलाई सरोकारवालाहरुसँग छलफल गर्न निर्देशन दिइसकेको बताएका थिए । गेसोले गोरखाहरुका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन पनि प्रधानमन्त्रीसित माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप