शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनगढी उपमहानगरमा नाला अतिक्रमण हटाउन थालियो

बिहीबार, ०९ असार २०७९, १६ : ५७
बिहीबार, ०९ असार २०७९

धनगढी उपमहानगरपालिकाले वडा नम्बर ५ स्थित सुकुटी नालामा निर्माण भएका भौतिक संरचना हटाउन सुरु गरेको छ । नाला अतिक्रमण गरी बनाइएको भौतिक संरचना हटाउन थालिएको हो ।  उपमहानगरपालिकाको अमिनले जग्गा नाप गर्दै नालाको क्षेत्रको टुङ्गो लगाएका छन् । उपमहानगरपालिकाले सो क्षेत्रभित्र पर्ने भौतिक संरचनासँगै बोटबिरुवा तथा ठुल–ठुला रुख पनि कटान गरिरहेको छ । वातावरण विज्ञहरु अतिक्रमण हटाउनु उचित भएपनि रुख कटानलाई ‘पर्यावरणीय विनास’को संज्ञा दिन्छन् ।

वन ऐनअनुसार वन कार्यालयको अनुमति बिना कुनै पनि बोटबिरुवा तथा रुख काट्न पाइँदैन । रुख कटान आदेश नपाएकै कारण सुदूरपश्चिम प्रदेशका कतिपय गौरवका आयोजनाका काम अघि बढ्न सकेका छैनन् । तर उपमहानगरपालिकाले सार्वजनिक जग्गामा रहेका रुख धमाधम कटान गरेको हो ।

‘जथाभावी वन फडानीका कारण चराचुरुङ्गी, जलचर लगायतको बासस्थान मासिँदै गएको छ,’ वातावरण विज्ञ दिनेश जोशीले भने, ‘नाली अतिक्रमण रुखले गरेको होइन, व्यक्तिहरुले गरेका हुन् । रुखलाई जोगाउँदै ती संरचना भत्काउनुपर्छ ।’

उनले जथाभावी रुख कटान गर्दा दुरगामी असर पर्ने बताए । उनले भने, ‘काट्नै पर्ने भए एक ठाउँको रुख काट्दा अर्को ठाउँमा वृक्षारोपण गर्नुपर्ने हुन्छ ।’ धनगढी उपमहानगरपालिकाका अधिकांश स्थानमा नाली मिचेर भौतिक संरचना निर्माण भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप