शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद प्रमोद यादवको प्रश्न : मल आउँछ कि आउँदैन सभामुख महोदय ?

बिहीबार, ०९ असार २०७९, १७ : १६
बिहीबार, ०९ असार २०७९

नेपाली काँग्रेसका सांसद प्रमोद यादवले किसानहरुले कहिले मल पाउँछन् भन्दै सरकारसँग जवाफ मागेका छन् ।  प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले किसानले मल पाउँछन् कि पाउँदैनन् भन्दै सभामुखमार्फत कृषि मन्त्रालयसँग जवाफ माग गरे । 

नेपाललाई कृषि प्रधान देश भनिएपनि मल नपाउनु विडम्बना भएको उनले बताए । किसानहरुको क्षेत्रबाट जिताएर मन्त्री बनेकाहरूले मलको समस्या समाधान गर्न नसकेको उनको गुनासो छ । ‘किसानहरुको प्रश्न छ, मल आउँछ कि आउँदैन रु सम्बन्धित निकायलाई म यहि सदनमार्फत प्रश्न गर्न चाहन्छु ’ सांसद यादवले भने, ‘आउँछ भने अझै पनि केही बिग्रेको छैन । किसानहरुले अझै स्विकार्नु हुनेछ । ’  

रुपन्देही क्षेत्र नम्बर ४ को विकास हुन नसकेकोमा पनि सांसद यादवले प्रश्न गरे । नागरिकता विधेयक अहिलेसम्म संसदमा नआउँदा नागरिकताको अभावमा समस्या झेल्नुपरेको भन्दै सो समस्या हल गर्न पनि आग्रह गरे । 

रुपन्देहीको मर्चवारमा खानेपानीको व्यवस्था नभएकोमा सरकारको ध्यानाकर्षण गराए । दानउ र रोहीणी खोलाले किसानको जग्गा कटान गरिरहेको भन्दै तत्कालका तटबन्धन लगाउन पनि उनले माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप