शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दामा फरार युवक पक्राउ

बिहीबार, ०९ असार २०७९, १७ : ५५
बिहीबार, ०९ असार २०७९

बैंकिङ कसुर मुद्दामा फरार युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्का छन् ।

प्रतिवादीलाई असार ८ मा बानेश्वरस्थित तीनकुनेबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उच्च अदालत पाटनले २०७८ चैत ७ मा उनलाई ४ दिन कैद र १० लाख जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनि फरार थिए ।

२०७७ भदौमा उनले दिएको प्रभु बैंकको चेक बाउन्स भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप